मेन्छियाम हाइड्रोपावरको आईपीओ पहिलो दिनै ३.३८ गुणाले ओभरसब्सक्राइब्ड !!

मेन्छियाम हाइड्रोपावरले जारी पूँजीको रु.५४,२५,८३,३००/- को ३०% अर्थात् रु.१६,२७,७५,०००/- रकम बराबरको रु. १०० अंकित दरको १६,२७,७५० कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गरेको छ। 

यस कम्पनिको आईपीओ निष्कासनको पहिलो दिन नै सवा ३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले हिजो वैशाख ४ गतेबाट सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। सीडीएससीका अनुसार हिजो साँझसम्म यो आईपीओमा २ लाख ८२ हजार ६७३ आवेदकबाट ३१ लाख ६१ हजार ८३० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ३.३८ गुणाले बढी हो।

हाईड्रोपावरको आइपिओ निष्काशन बैशाख ७ गतेसम्म खुल्ला रहनेछ भने माग बमोजिम आवेदन नआएमा निष्काशन बैशाख १९ गतेसम्म लम्बिने थियो।

Comments

Back to top