बुलको बलबियरिङ्ग फुस्कियो, कहाँ थामिएला बजार ?
निक्षेपको ब्याजदर एकल अन्कमा झर्ने नेपाल बैंकर्स संघले निर्णय गरे पश्चात नेप्सेमा ९२.२२ अङ्कको वृद्धि भएको थियो। सो निर्णय पछि १९६२को बिन्दुमा क्लोज भएको नेप्सेमा लगानीकर्ता निकै उत्साहित भएर भोलि पल्ट बजारले करिब १० अङ्क माथि (१९७३) ग्याप अप ओपेनिङ्ग गरेको थियो। १९८० को बिन्दुसम्म इन्ट्रा डे हाइ बनाएर करेक्सन आएको बजारमा सेलिङ्ग प्रेसर बढ्दो क्रममा रहेको छ।
१९०८ बजारका लागि एउटा सामान्य डिमाण्ड जोन हो। यस बिन्दुमा सपोर्टको ट्रेन्ड लाइन तथा बजारले सामान्य बाउन्स दिरहेको जोन पर्दछ। बजारले यस बिन्दुबाट बाउन्स दिएर १९३८ माथि टिक्न सके लगानीकर्ता बजार प्रति सकारात्मक रहन सक्ने छन् भने १९०८ले बजार थाम्न नसके बजारले १८०० टेस्ट गर्ने या नंया लो बनाउने सम्भावना रहेको देखिन्छ।
Comments