नेप्सेमा भारी अंकको गिरावट, कारोबार रकम ९२ करोड ७८ हजार !

आज सोमबार २३.६४ अङ्कले घटेर १.२२% गिरावटका साथ नेप्से परिसूचक १९०८.०४ अङ्कमा बन्द भएको छ। कारोबार भएका २६५ कम्पनीमध्ये ७० कम्पनी उकालो लागेका छन्, १३९ कम्पनी ओरालो लागेका छन् भने कम्पनी १० कम्पनी स्थिर रहेका छ।

कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा आदर्श लघुवित्त  रहेको  छ जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सनराइज ब्लूचिप फण्ड रहेको छ जसको सेयर मूल्य ६.२५% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा  र भोल्यूममा अरुण भ्याली हाईड्रोपावरको कारोबार भएको छ।

Comments

Back to top