मेन्छियाम हाईड्रोपावरको आइपिओमा आजबाट आवेदन दिन सकिने
मेन्छियाम हाईड्रोपावर लिमिटेडले आज बैशाख ४ गतेबाट सर्वसाधारणलाई आइपिओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ।
कम्पनीले आफ्नो जारी पूँजी रु.५४,२५,८३,३००/- को ३०% अर्थात् रु.१६,२७,७५,०००/- रकम बराबरको रु. १०० अंकित दरको १६,२७,७५० कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गरेको छ। जसमध्ये जारी पूँजीको १०% अर्थात रु.५,४२,५८,३००/- रकम बराबरको रु. १०० अंकित दरको ५,४२,५८३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि निष्काशन गरी रितपुर्वक शेयर खरिद आवेदन प्राप्त ५,०५, ७८० कित्ता साधारण शेयर सम्बन्धित आवेदनलाई बाँडफाँड गरिएको र जारी पूँजीको २०% अर्थात रु.१०,८५,१६,७००/- रकम बराबरको रु.१०० अंकित दरका १०,८५,१६७ कित्ता शेयर मध्ये १,०८,५१७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई निष्काशन गरिएको शेयर समेत बाँडफाँड पश्चात २२,४३९ कित्ता कर्मचारीहरुलाई (२%) र ५६,०९९ कित्ता (५%) सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ९.३४,९१५ कित्ता साधारण शेयरहरु सर्वसाधारणमा सार्वजनिक निष्काशन गरेको हो।
हाईड्रोपावरको आइपिओ निष्काशन बैशाख ७ गतेसम्म खुल्ला रहनेछ भने माग बमोजिम आवेदन नआएमा निष्काशन बैशाख १९ गतेसम्म लम्बिने छ।
इच्छुक लगानीकर्ताले कम्पनीको आइपिओमा न्युनतम १० कित्ता देखी अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
Comments