नेशनल लाईफ इन्स्योरेन्सको १४.५ प्रतिशत लाभांश प्रस्ताव
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLICL)ले आर्थिक बर्ष २०७८/७९ को लागि १४.५ प्रतिशत लाभांश प्रस्ताव गर्ने भएको छ। प्रस्तावित लाभांशमा ८ प्रतिशत बोनस शेयर तथा ६.५ प्रतिशत नगद लाभांश वितरण हुने छ ।
चुक्ता पूँजी रु ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८ सय ७५ को ८% ले हुने रु ३७ करोड १२ लाख ३४ हजार ५ सय ५० बोनस शेयर तथा ६.५% ले हुने रु ३० करोड १६ लाख २८ हजार ७२ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो। साथै बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.४२१% ले हुने रु १ करोड ९५ लाख ३८ हजार ६ सय ६१ नगद लाभांशबाट समायोजन गर्ने निर्णय गरिएको छ।
Comments