एनएमबि बैंकको १०.७५ प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँट

एनएमबि बैंक लिमिटेडले विक्री गरेको १० दशमलव ७५ प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले चैत २१ गतेदेखि २४ गतेसम्म १० वर्ष अवधिको ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत ‘२०८९/२०९०’ नामको ऋणपत्र विक्री गरेको थियो । छिटो अवधिभित्रै विक्री भएको उक्त ऋणपत्र बैंकले चैत ३० गते बाँडफाँट गरेको हो ।

प्रतिकित्ता रू. १ हजार मूल्य अंकित दरको रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात रू. २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरेको थियो ।

सर्वसाधारणका लागि छुट्याएको ४० प्रतिशत अर्थात रू. १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत दरको ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएकोमा ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरिसकिएको थियो ।

सामूहिक लगानीकोषमा वितरण हुन नसकेको बाँकी कित्ता ऋणपत्र समेत सर्वसाधारणमा बाँडफाँट गरिएको हो । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

निश्चित व्याजदर र अवधि तोकेर जारी गरिएको यो ऋणपत्र खरीदकर्ताहरूका लागि तोकिएको ब्याजदर  प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने बैंकले जानकारी दिएको छ ।

Comments

Back to top