लघुवित्तको लाभांश नियन्त्रण गर्ने राष्ट्र बैंकको नीति विरुद्ध नेस्डोका शेयरधनी सर्वोच्च जाने

नेपाल राष्ट्र बैंकले फागुन १० गते एक सर्कुलर जारी गर्‍यो। उक्त सर्कुलर अनुसार लघुवित्तलाई १५ प्रतिशत मात्रै लाभांश दिन निर्देशन दिइयो।

हुन त १५ प्रतिशत भन्दा बढी दिन नपाइने भनेर केन्द्रीय बैंकले सर्कुलरमा भनेको छैन। १५ प्रतिशत भन्दा बढी दिन चाहनेलाई केन्द्रीय बैंकले थप विभिन्न कोषहरूमा रकम छुट्टाएपछि मात्रै बाँड्न दिने सर्त अघि सारेको छ। तर केन्द्रीय बैंकले सर्कुलरपछि कुनै पनि लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश स्वीकृत गरेको छैन।

सोही नीतिका विरुद्ध नेस्डो समृद्धि लघुवित्तका शेयरधनी सर्वोच्चको ढोका ढकढकाउने तयारीमा रहेको बताइएको छ। हुन त नेस्डोको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गर्न बाँकी नै छ। तर यसअघि केन्द्रीय बैंकले बढी लाभांश घोषणा गर्नेलाई जुन व्यवहार गरेको छ।

उक्त व्यवहारलाई मध्य नजर गर्दै नेस्डोका शेयरधनी सर्वोच्च जाने तयारीमा लागेको बताइएको छ। “राष्ट्र बैंकले जुन तरिकाले लघुवित्तहरूको लाभांश घटाउँदै आएको छ।

Comments

Back to top