बजारमा बियरकै पल्ला भारि !
१९३४.५मा ओपनिङ्ग दिएको नेप्सेले इन्ट्राडे हाइ १९४५ बनाएता पनि त्यस पछि बियरहरुले दिएको बिक्रि चापलाई धान्न नसक्दा बजारले १९३१.६८मा क्लोजिङ्ग दिएको छ। १२ अप्रिलमा ९२ अङ्कको यार्ली दिएको बजारले निरन्तर "गुड न्युज" आइरख्दा पनि त्यस पश्चातका कारोबार दिनहरुमा राम्रो प्रदर्शन गर्न सकेको छैन। १९८०को एरिया महत्तोपुर्ण प्रतिरोध भएकाले बजारले त्यस एरियाबाट ब्रेक आउट पाउन अझै शक्ति संचय गर्नु पर्ने देखिन्छ। लंगटर्मको दृष्टिकोडले बजार हेर्ने हो भने बजारले बुलिश यात्रा गर्नु अगाडी करिब ३०० अङ्कको रेन्जमा केहि दिन खेल्ने सम्भावना रहेको देखिन्छ र लगानीका लागि पनि यही उपयुक्त एरिया रहेको देखिन्छ। ट्रेडिङ्गका दृष्टिकोणले भने बजारमा अहिले बाइ सिग्नल नरहेको र अझै केहि दिन करेक्सन आउन सक्ने देखिन्छ।
बजारको अबको प्रतिरोध १९८५मा रहेको देखिन्छ भने बजारलाई सामान्य सपोर्ट १९१५ र त्यस पछिको बलियो सपोर्ट १८६५को एरियामा देखिन्छ।
Comments