नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ९७ करोड ४५ लाख !
आज आइतबार २.८० अङ्कले घटेर ०.१४% गिरावटका साथ नेप्से परिसूचक १९३१.६८ अङ्कमा बन्द भएको छ। कारोबार भएका २६५ कम्पनीमध्ये ७० कम्पनी उकालो लागेका छन्, १३९ कम्पनी ओरालो लागेका छन् भने कम्पनी १० कम्पनी स्थिर रहेका छ।
कारोबार भएका ९ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा आदर्श लघुवित्त र मोलुंग हाईड्रोपावर रहेका छन् जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा एशियन हाईड्रोपावर रहेको छ जसको सेयर मूल्य ७.८३% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा सोल्टी होटेल र भोल्यूममा एनआइसी एशिया कारोबार भएको छ।
Comments