नेप्से इन्ट्राडे अपडेट: केही ८.०१ अंकको वृद्धि!
आज आइतबार नेप्से बजार ८.०१ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९४२ को नजिक आएको छ। ८.०१ अङ्कले बढेर नेप्से परिसूचक १९४२ मा आएको हो। आज २ घण्टामा लगभग ४५ करोड १७ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा आदर्श लघुवित्त र मोलुंग हाईड्रोपावर रहेका छन् जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा एसियन हाईड्रोपावर रहेको छ।
Comments