टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ रंङमा सार्वजनिक

विश्वमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनको प्रतिष्ठित निर्माता टिभिएस मोटर्सले टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन ब्लू रंगमा सार्वजनिक गरेको छ । यो रोमाञ्चक नयाँ रंग, युवावर्गले मनपराई दिएको विद्यमान रेस संस्करणको रातो र पहेँलो रंगसँगै राखिने छ । 

टिभिएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरीन ब्लु कलरमा समावेश चेकर्ड फ्ल्याग रेस–प्रेरित ग्राफिक्सले छुट्टै स्टाइल स्टेटमेन्ट बनाउँछ । कालो, मेटालिक ब्ल्याक र मेटालिक नीलोको अद्वितीय तीन टोन संयोजनले निश्चय नै राइडरलाई बाँकी भन्दा फरक भएको महसुस गराउँछ ।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक श्री शाहिल अग्रवालले नेपालमा टिभिएस एनटर्क १२५ रेस एडिसन मरीन ब्लुा सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । उनले स्मार्ट स्कूटर आरटी एफआईको समावेश संग एक बेस्ट–इन–क्लास अनुभव प्रदान गर्न डिजाइन गरिएको बताए । 

त्यस्तै, लन्चको बारेमा बोल्दै कार्यकारी निर्देशक, श्री अखिल गुप्ताले यसले युवावर्गको लागि एक रोमाञ्चक, शक्तिशाली अनुभव प्रदान गरेर नेपालमा स्कुटर उपभोक्ताहरूको अपेक्षालाई पुनः परिभाषित गरेको बताए । 

स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित टिभिएस एनटर्क १२५ रेस एडिसनले सिग्नेचर एलईडी टेल र हेडल्याम्पसहितको तीखो, आक्रामक शैलीलाई मूर्त रूप दिन्छ । स्कूटरमा रहेको अद्वितीय ‘रेस एडिसन’ प्रतीकले टिभिएस रेसिङ पेडिग्रीलाई थप जोड दिन्छ । स्पोर्टी स्टब मफलर, टेक्सचर्ड फ्लोरबोर्ड र डायमण्ड कट एलोय ह्वीलले स्कूटरको स्टाइललाई अझ बढाउँछ । 

Comments

Back to top