साढे ५ वर्षमा ५ लाख नेक्सन बिक्री

टाटा मोटरसले भारतीय बजारमा ५ लाख वटा नेक्सन गाडी बिक्री गरेको जनाएको छ । कम्पनीको पुनास्थित रंजनगाव म्यानुफ्याक्चरिंग युनिटमा निर्मित यस गाडी  सन् २०१७ बाट बजारमा ल्याइएको थियो ।

साढे पाँच वर्षको छोटो अवधिमै यसले उक्त संख्याको गाडी बिक्री गर्न सफल भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उल्लेखनीय पक्ष भनेको ५ लाख मध्ये पछिका १ लाख गाडी केवल सात महिनामा बिक्री भएको थियो ।

सन् २०२० मा  ‘फेसलिफ्ट’को आगमन पछि यसको बजार विस्तारले झन् तीब्र ढंगले अगाडि बढेको कम्पनीले बताएको छ ।

Comments

Back to top