धितोपत्र बोर्डले माग्यो स्टक एक्सचेञ्ज लाइसेन्सको आवेदन
नेपाल धितोपत्र बोर्डले सर्वोच्च अदालको अल्पकालीन अन्तरिक आदेशले रोकिएको स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्सको लागि पुनः आवेदन माग गरेको छ ।
बोर्डले ३० चैत बिहीबार एक सूचना प्रकाशित गर्दै २ असोजमा प्रकाशित सूचना अनुसार आवेदन ४५ दिन म्याद रहेकोमा १० दिन अगाडि सर्वोच्च अदालको अल्पकालिन अन्तरिम आदेश आएर आवेदन रोकिएकोले अब १० दिनभित्र बोर्डमा आवेदन पेस गर्न आह्वान गरेको छ ।
२६ चैतमा सर्वोच्च अदालतमा परेको रिट खोरज भएकोले २ असोजमा प्रकाशित भएको सूचना अनुसार नै बाँकी रहेको १० दिन म्याद अनुसार अबको १० दिनभित्र कमोडिटी बजार र धितोपत्र बजार सञ्चालन गर्ने कम्पनी स्थापना गर्न आवेदन पेस गर्न आह्वान गरेको हो ।
Comments