सनराइज क्यापिटलले सुरु गर्यो लगानी व्यवस्थापन सम्बन्धी नयाँ योजना
सनराइज क्यापिटलले दीर्घकालीन लगानीमा सहभागिता गराई आकर्षक प्रतिफल उपलब्ध गराउने लक्षसहित लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ एसआइपी पोर्टफोलियो योजना सञ्चालनमा ल्याएको छ । उक्त योजनामा सहभागी हुने लगाानीकर्ताले निश्चित समय अन्तरालमा निर्धारित रकम जम्मा गर्नुपर्ने हुन्छ । उक्त रकम दीर्घकालीन प्रतिफल प्राप्त हुने व्यवस्थित धितोपत्रहरुको पोर्टफोलियोमा लगानी गरिने सनराइज क्यापिटलको भनाई छ ।
धितोपत्र बजारमा सहभागी हुन चाहने तर आफ्नो लगानी व्यवस्थापन गर्न समय वा विशेषज्ञताको अभाव रहेका लगानीकर्ताका लागि यो योजना एक लोकप्रिय विकल्प हुने सनराइज क्यापिटलले जनाएको छ । हाल घट्दो बजार परिस्थितिमा यस योजनाले लगानीकर्ताको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ ।
यस योजनामा सहभागी हुन चाहने लगानीकर्ताले न्यूनतम ३ लाख लगानी गर्नुपर्नेछ, नियमित समय अन्तरालमा निर्धारित रकम जम्मा गर्नुपर्नेछ । लगानी अवधि ५ वर्षको हुनेछ । साना तथा ठूला सबै किसिमका लगानीकर्ताका लागि यो योजना लाभदायीसावित हुने सनराइज क्यापिटलको भनाई छ ।
Comments