लाल्टिन साप्ताहिक समिक्षा

निरन्तर घट्दो क्रममा रहेको नेप्सेमा यस साता भने केहि सुधार भएर बन्द भएको छ। यस साताको पहिलो कारोबार दिन आइतबार १८६७.४७ को बिन्दुमा खुलेको नेप्सेले करिब +६७.६८ (३.६३ प्रतिशत) हासिल गर्दा साताको अन्तिम कारोबार दिन बिहिबार सूचक १९३४.४७ को बिन्दुमा पुगी क्लोजिङ्ग दिएको छ। 
नेप्से उप-समुह (Sub-Index)


यस साताको टप गेनर्स (Top Gainers)


यस साताको टप लुजर्स (Top Losers)


यस साताको टप खरिद भएका कम्पनी (Top Bought)


यस साताको टप बिक्रि भएका कम्पनी (Top Sold)


प्राविधिक विश्लेषण

यस साताको क्लोजिंग पनि मिडल ब्याण्ड भन्दा तल नै रहेको छ। एमएसिडि लाईन यस साता -३२.१७ बाट घटेर -३२.९ मा आएको छ र हिस्टोग्राम यो साता बढेर  -१६.७५ बाट -१४.०२ मा पुगेको छ जसले बजारमा बिक्रि चाप घटेको देखिन्छ।  जिरो लाईन भन्दा तल रहेको सिग्नल लाईन घटेर -१८.९२ मा आएको छ। +१४ डिएमआई लाईन अहिले २२.०१ मा रहेको छ भने  -१४ डिएमआई लाईन २२.८१मा रहेको छ। +१४ डिएमआई लाईनले - १४ डिएमआई लाईनलाई तलबाट क्रस गरे बजार फेरी बुलिश हुने देखिन्छ।  -१४ डिएमआई लाईन र +१४ डिएमआई लाईन नजिक आइरहेको बेलामा ए.डी.एक्स १६.०३ मा रेहको छ जसले अहिले सम्मको बियरिश स्ट्रेन्थ निकै कम भएको जनाउछ। आरएसआइ ३८.९१  बाट बढेर ४४.७५ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम फेरी बढ्न थालेको देखिन्छ ।
बजारमा अर्को सपोर्ट बोलिंगेरको लोवर ब्याण्ड करिब १८००-१८०५ को एरियामा देखिन्छ भने अबको प्रतिरोध बोलिङ्गेरको मिडल ब्याण्ड २०००-२०१०मा रहने छ।
डीएक्स २० भन्दा मुनि रहेसम्म बजारमा कुनै पनि ट्रेन्डको स्ट्रेन्थ नरहेको बुझ्न सकिन्छ।  

 

Comments

Back to top