तारागाउँ रिजेन्सी होटल लिमिटेडले वार्षिक साधारण सभा बैशाक १० गते गर्ने !

तारागाउँ रिजेन्सी होटल लिमिटेड (TRH) ले २०७९ फागुन ३ गते हुने भनिएको २६ औं वार्षिक साधारण सभा बैशाक १० गते गर्ने निर्णय गरेको छ। चैत ३० गते बसेको बैठकमा शेयरधनीहरुले गरेको निर्णय बमोजिम साधारणसभा पुनः सारिएको हो।  

साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को लागि ८.४२% नगद लाभांश अनुमोदन गर्नेछ। पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को चुक्ता पुँजीको ८ दशमलव ४२ प्रतिशत नगद लाभांशमा वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीको चुक्ता पुँजी रू. १,८८,६६,५४,००० रहेकाले  ८ दशमलव ४२ प्रतिशत नगद लाभांश रु. १५,८८,७६,१२६ हुन जान्छ।  

Comments

Back to top