सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको छैटौं वार्षिक साधारण सभा हुने ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी (CLICL)को छैटौं वार्षिक साधारण सभा (एजीएम) यही वैशाख २१ गते दिउँसो ३ बजेदेखि कम्पनीको मुख्य कार्यालय थापाथली, काठमाडौंमा बस्ने भएको छ। साधारण सभामा  वार्षिक प्रतिवेदनमाथि छलफल र अनुमोदन र नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको कोरोना राहत तथा रोकथाम कोष अन्तर्गत कोभिड–१९ संक्रमितको उपचारका लागि ७ लाख ५० हजार सहयोग गर्ने एजेण्डाहरू समावेश छन्।  

Comments

Back to top