भारतबाट 'आपूर्ति असहज भएपछि' निजी क्षेत्रले चीनबाट दोबर मूल्यमा भित्र्यायो विस्फोटक पदार्थ

नेपालमा चिनियाँ जलविद्युत र अन्य पूर्वाधार परियोजनाको निर्माणसँग लक्षित विस्फोटक पदार्थको आपूर्तिमा भारतका तर्फबाट भइरहेको कडाइका माझ चीनबाट पहिलो पटक विस्फोटक पदार्थ भित्र्याउन सफल भएको व्यवसायीहरूले बताएका छन्।

त्यसरी चीनबाट विस्फोटक पदार्थ भित्र्याउँदा लागत दोबरसम्म पुग्न गएको भए तापनि विकल्प नदेखेकाले यस्तो निर्णय लिनुपरेको उनीहरू बताउँछन्।

यसअघि नेपालमा विकास निर्माणको काममा आवश्यक विस्फोटक पदार्थ नेपाली सेनाको कारखाना र भारतबाट आपूर्ति हुँदै आएको थियो।

नेपाल सरकारका एकजना अधिकारीले विस्फोटक पदार्थको अभावले कतिपय पूर्वाधार निर्माणको काम प्रभावित भएको जानकारी दिँए ।

बीबीसी

 

Comments

Back to top