तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहीबार महालक्ष्मी विकास बैंक, युनियन लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस दिन महालक्ष्मी विकास बैंकको १६ लाख ४ हजार ३५३.३१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको ४ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै युनियन लाइफ इन्स्योरेन्सको पनि १९ लाख २८ हजार ५५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो शेयरधनीहरुलाई ८.९७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यसैगरी पोखरा फाइनान्स लिमिटेडको पनि ४ लाख १६ हजार ३६७.९२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । फाइनन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको ४ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेमा सूचीकृत ३ वटै कम्पनीको बोसन शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

Comments

Back to top