डिम्याट खातामा सेयरआउन नभ्याउदै स्टप लसको रणनिति खोज्दै लगानीकर्ता !
ब्याजदर एकल अङ्कमा र सुधारउन्मुख अर्थतन्त्र देखेर लगानी गर्न उत्साहित भएका लगानीकर्तालाई नेप्सेले निराश बनाईदिएको छ। करिब १० अङ्कको ग्याप अप ओपेनिङ्ग गरेको बजारले अन्तिम समय सम्म २९.०८ अङ्कको गिरावट दिएर २०७९लाई बिदाई गरेको छ। २०० दिनको मुभिङ्ग एभेरेजबाट करेक्सन देखिएकाले बजारले बुलिश लय लिनलाई अझै एकुमुलेसन नपुगिसकेको जानकारहरु बताउछन। त्यसैले बजारले फेरी पनि १८००को बिन्दु टेस्ट गर्न जना सक्ने विज्ञहरुले अनुमान लगाउन थालेका छन।
हिजोको दिन ५ प्रतिशत भन्दा बढी बढेका बैंकहरुले नै आज तीन प्रतिशत भन्दा बढी गुमाएका छन्(प्रभु, सनराइज, मच्छापुच्छ्रे) l समग्र बैङ्किङ्ग उपसमूहले आज १.५६ प्रतिशत गुमाएको छ।
धेरैचोटी हाइड्रोपावर सेक्टरले रेसिस्ट्यान्स टेस्ट गर्न गए पनि ब्रेक आउट दिन असफल भएको छ। आगामीदिन बजारले तलको यात्रा तय गरे लगानीकर्तालाई हाइड्रोपावर सेक्टरले नै निराश बनाउन सक्ने सम्भावना देखिन्छ।
Comments