नेप्सेमा भारी अंकको गिरावट, कारोबार रकम १ अर्ब ६५ करोड ३३ लाख !

आज बिहीबार २९.०७अङ्कले घटेर १.४८% गिरावटका साथ नेप्से परिसूचक १९३४.४७ अङ्कमा बन्द भएको छ। कारोबार भएका २७० कम्पनीमध्ये २८ कम्पनी उकालो लागेका छन्, १८६ कम्पनी ओरालो लागेका छन् भने कम्पनी ४ कम्पनी स्थिर रहेका छ।

कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा आदर्श लघुवित्त, कालिन्चोक दर्शन र मोलुंग हाईड्रोपावर  रहेका  छन् जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सिद्धार्थ इन्भेस्टमेन्ट फण्ड रहेको छ जसको सेयर मूल्य ५.५०% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा  र भोल्यूममा शिवम सिमेन्टको कारोबार भएको छ।
 

Comments

Back to top