आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने
आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ ।
आशा लघुवित्त नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडानम्बर ६ मदानपुरमा केन्द्रीय कार्यालय छ भने राष्ट्र उत्थान लघुवित्तको केन्द्रीय कार्यालय चाहिँ काभ्रेको बनेपा नगरपालिका वडानम्बर १३ साँगामा रहेको छ।
राष्ट्रउत्थानको चुक्तापूँजी २६ करोड रुपैयाँ रहेको छ र आशा लघुवित्तको चुक्तापूँजी ३३ करोड ३९ लाख रुपैयाँ रहेको छ । यी दुई लघुवित्तबीच मर्जरको प्रारम्भिक समझदारी चैत २९ गते साँझ भएको हो ।
Comments