अमेरिकी फेडरल रिजर्ब बैंकले ब्याजदर नबढाउने भएपछि संसारभरका सेयरबजारमा उछाल

अमेरिकी फेडरल रिजर्ब बैंकले ब्याजदर नबढाउने भएपछि यसको सकारात्मक प्रभाव संसारभरका सेयरबजारमा परेको छ ।

मंगलबार अमेरिकी  डाउ फ्युचर ५० अंकले बढेर बन्द भएको छ । योसँगै आज युरोपियन बजारमा पनि उछाल आएको छ । 

जर्मनको ड्याक्स यो समाचार तयार पार्दासम्म करिब ३३ अंकले बढेर १५ हजार ६८६ मा कारोबार भएको  छ । लण्डनको फुट्सी ४८ अंकले बढेर ७ हजार ८३४ अंकमा कारोबार भएको छ । 

त्यसैगरी, फ्रान्सको क्याक पनि २५.२५ अंकले बढेर ३४ सय १६ मा कारोबार भएको छ । इटलीको फुट्सी मिब पनि १६५ अंकले बढेर २७ हजार ६९० मा कारोबार भएको छ । 

योसँगै एसियन बजारमा पनि उछालको अवस्था देखिएको छ । जापानको निक्की, दक्षिण कोरियाको कोस्पी, चाइनाको सांघाइमा पनि सुधार आएको छ । 

भारतको सबैभन्दा ठूलो इन्डेक्स सेन्सेक्स आज ६० हजार ३९२.७७ मा बन्द भएको छ । 

यो समचार तयार पार्दासम्म क्रिप्टोकरेन्सीको मूल्यमा समान्य अंकले गिरावट आएको छ भने सुनमा सामान्य सुधार आएको छ । नेपालमा पनि सेयर बजार आज ९२ अंकले बढेको छ ।

Comments

Back to top