मोलुङ हाइड्रोपावरको सेयर कारोबार खुल्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मोलुङ हाइड्रोपावरको कम्पनीको सेयर कारोबार बिहीबारदेखि सुरु भएको छ । ‘एमएचसीएल’ संकेतमा सेयर कारोबार सुरु भएको छ ।

पहिलो कारोबार प्रतिकित्ता १४१ रुपैयाँमा भएको यस मोलुङ हाइड्रोपावरले १० प्रतिशत वृद्धि गरेर सर्किट लगाएको छ । यसको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ६०.६२ रुपैयाँदेखि १८१.८६ रुपैयाँसम्म ओपनिङ रेन्ज पनि तोकेको थियो मोलुङ हाइड्रोपावरको चुक्ता पुँजीका आधारमा कायम ८० लाख २५ कित्ता सेयर बुधबार सूचीकृत भएको हो । 

 

Comments

Back to top