नेप्से इन्ट्राडे अपडेट: केही अंकको गिरावट!

आज बिहीबार नेप्से बजार ७.५५ अंकले घटेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९६० को नजिक आएको छ।  ७.५५ अङ्कले घटेर नेप्से परिसूचक १९५६ मा आएको हो। आज २ घण्टामा लगभग ८७ करोड ३४ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा आदर्श लघुवित्त, खप्तड लघुवित्त, मोलुंग हाईड्रोपावर र कालिन्चोक दर्शन रहेका छन्  जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा नयाँ सारथी लघुवित्त रहेको छ। 

Comments

Back to top