मकर जितुमाया सुरी हाईड्रोको आइपिओ बाँडफाँड २ जनाले पाए ११ कित्ताको दरले शेयर
मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले चैत्र १९ गतेबाट चैत्र २२ गतेसम्म सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयरको बाँडफाँड दिउँसो १:३० बजे निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको छ।
मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल १३ लाख ४० हजार ८ सय ५१ जना आवेदन मध्ये योग्य आवेदक १२ लाख ८१ हजार ४ सय २ जनाले आवेदन दिएकोमा ११ लाख ४७ हजार ६ सय ७२ जना आवेदकको हात खाली भएको छ।
बाँकी आवेदकमा १ लाख ३३ हजार ७ सय २८ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् भने २ जना भाग्यमानी आवेदकले ११ कित्ताको दरले शेयर प्राप्त गरेका छन्। हाईड्रोपावरको आइपिओमा १ करोड ३८ लाख ३३ हजार १ सय १० कित्ताको लागि कुल रु १.३८ अर्ब बराबरको योग्य आवेदन परेको थियो।
Comments