नेप्सेमा बुलिश बाहार, बैङ्कहरुमा उछाल !

निक्षेपको ब्याजदर एकल अन्कमा झर्ने नेपाल बैंकर्स संघले निर्णय गरे पश्चात नेप्सेमा ९२.२२ अङ्कको वृद्धि भएको छ।  

१८७१.४६ बिन्दुमा ओपनिङ्ग भएको बजारले बुलिश मारबोजु क्यान्डल स्टिक बनाउदै १९६३.५मा क्लोजिङ्ग दिएको छ।  त्यसै गरि कमर्सियल बैंक उपसमुहले मात्र +६६.०३(५.४६%) हासिल गरेको छ।  करिब ४५ प्रतिशत करेक्सन देखेको यस उपसमुहमा सप्लाई धेरै रहेकाले भोलाटिलिटी कम र ट्रेडर्सको रुचिमा नपर्ने सेक्टर भनेर चिनिन्छ।  ठुलो भोल्युमका साथ कारोबार भई वृद्धि भएको यस उपसमूहमा आज फन्ड म्यानेजर र ठुला लगानीकर्ता प्रवेश गरेको अनुमान लगाउन सकिन्छ।

प्राय फन्ड म्यानेजरहरुले दीर्घकालीन सोच राखेर लगानी गर्ने भएकाले अब बजारले स्थायीत्वका साथ माथिको यात्रा तय गर्न सक्नेछ। आज सर्वाधिक (५ प्रतिशत भन्दा बढी) वृद्धि हुने कमर्सियल बैंकहरुमा मच्छापुछ्रे बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड रहेका छन्।  

Comments

Back to top