नेपाल कृषि सहकारी संघमा रोजगारीको अवसर
नेपाल कृषि सहकारी संघ लिमिटेडले विभिन्न पदका लागि कर्मचारकिो माग गरेको छ । संघले रिक्त रहेका ७ पदका लागि कर्मचारी माग गरेको हो । संस्थाले बरिष्ठ कार्यक्रम प्रबन्धक देखि जेटि प्राविधिक पदहरुमा कर्मचारी माग गरेको हो ।
संस्थाले वरिष्ठ कार्यक्रम प्रबन्धक पदमा १ जना कर्मचारी माग गरेको छ । अनुभवि तथा अग्रेजी र नेपाली भाषाको ज्ञान भएको उम्मेदवारलाइ प्राथमिकता दिइने संस्थाले जनाएको छ । संस्थाका अनुसार सो पदमा आवेदन दिनको लागि विज्ञान विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।
साथै, संस्थाले (बित्त लेखा, बजार र कार्यक्रम) विभाग अन्र्तगत ९औ तहमा बरिष्ठ कार्यपक्रम प्रबन्धक पदमा १ जना, तालिम प्रमुखमा १ जना, कार्यक्रम अधिकृतमा २ जना, बीमा अधिकृतमा १ जना, लेखा सहायकमा १ जना र जेटी (प्रा) पदमा १ जना गरी कुल ८ जना कर्मचारी माग गरेको छ । उक्त पदहरुमा अनुभवि र दक्षता हाँसिल गरेको उम्मेदवारलाई बढी प्राथमिकता दिने संघले जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका उम्मेदवार सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवश्यक कागजात संस्थाको केन्द्रिय कार्यालय, धोविघाट, ललितपुर अथवा संस्थाको इमेल ठेगाना मार्फत आवेदन दिनुपर्नेछ ।
Comments