नेप्से इन्ट्राडे अपडेट: दोहोरो अंकको वृद्धि!
आज बुधबार नेप्से बजार ५६.३४ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९३० को नजिक आएको छ। ५६.३४ अङ्कले बढेर नेप्से परिसूचक १९२७.६७ मा आएको हो। आज २ घण्टामा लगभग ९५ करोड १ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा आदर्श लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सिटिजन म्युचल फण्ड रहेको छ।
Comments