विजय लघुवित्तको दसौँ वार्षिक साधारण सभाद्वारा लाभांश पारित
विजय लघुवित्त वित्तिय संस्थाको दसौँ वार्षिक साधारण सभाले आ.व. ०७८/०७९ को नाफाबाट २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वित्तिय संस्थाको चैत २८ गते विजय विकास स्रोत केन्द्र, गैडाकोट, ८ मा सम्पन्न साधारण सभाले उक्त निर्णय गरेकाे हाे।
उक्त सभाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनकालागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै संस्थाको कायम जारी तथा चुक्ता पुँजी ३८ कराेड ४० लाख रूपैयाँ पुर्याउने प्रस्ताव पारित भएको छ।
संस्थाका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले वित्तीय संस्थाको आ.व. २०७८/०७९ को संचालक समितिको प्रतिवेदन,२०७९ असार मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आ.व.२०७८/०७९को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गरिएको छ । उक्त साधारण सभाले आ.व. २०७९/०८० मा लेखा परिक्षण कार्य गर्नकालागि विदुर एसोसियट्सका सिए विदुर लुईटेललाई नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । साथै संचालक समितिले प्रस्ताव गरे बमोजिम प्रबन्धपत्र तथा नियमावलिको विभिन्न दफामा संसोधन प्रस्ताव समेत स्वीकृत गरेको छ ।
दसौँ वार्षिक साधारण सभाले विजय लघुवित्त र नयाँ सारथी लघुवित्त एक आपसमा गाभ्ने र गाभिने वा मर्जरमा जाने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन स्वीकृत गर्दै दुई संस्था बीच शेयर आदान प्रदान अनुपात १ः१ (एक शेयर बरावर एक शेयर) लाई स्वीकृत गरेको छ।
Comments