नेप्सेमा क्रमिक सुधार, माथिको यात्रालाई प्रतिरोध नै प्रतिरोध !
नेप्सेले १८३०को डिमाण्ड जोनबाट फेरी पनि बाउन्स ब्याक दिएको छ। १८४५.६५को बिन्दुमा ओपेनिङ्ग दिएको नेप्सेले २७.३१ अङ्क हासिल गर्दा बजारको क्लोजिङ्ग १८७१.३३मा भएको छ। आज बनेको क्यान्डल स्टिकमा बुलिश स्ट्रेन्थ राम्रो भएको देखिन्छ र बजारमा सर्ट टर्म र्याली आउन सक्ने सम्भावना देखिन्छ। तर बजारले माथिको यात्रा पुरा गर्नलाई धेरै अवरोधहरु रहेको देखिन्छ। बजारलाई तत्कालै सामान्य प्रतिरोध १८८५मा देखिन्छ भने १९२० र १९६५को प्रतिरोधहरुले बजारको आगामी दिन को यात्रा निर्धारण गर्न सक्ने देखिन्छ। ९४ करोड मात्र कारोबार रकम रहेको बजारमा बजार बढदै गर्दा कारोबार रकममा पनि वृद्धि आएमा बजारमा दिगो बुलिशनेस रहनेछ।
Comments