भिजन सेक्युरिटिजको शाखा कुमारीपाटीमा बिस्तार, सेयर कारोबार गर्न लगानीकर्तालाई सहज!

 

भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४)ले ललितपुर महानगरपालिका–२० कुमारीपाटीमा शाखा विस्तार गरेको छ ।  

सेयर खरिद–बिक्रीका लागि ब्रोकरको शाखा स्थापनाका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो। कुमारीपाटी शाखाको उद्घाटन मंगलबार दिउँसो १ बजे भएको हो। 

शाखामा लगानीकर्ताहरु डिम्याट खाता खोल्न, ब्रोकर आइडी खोल्न, अनलाइनबाट कारोबार गर्नका लागि टिएमएसका लागि आउने गरेका छन्।  पछिल्लो समयमा धितोपत्र बजारमा लगानीकर्ताको चासो र संख्या बढेसँगै कम्पनीले शाखा बिस्तार गरेको हो। 

केन्द्रीय कार्यालय काठमाडौंमा रहेको उक्त ब्रोकरले यसअघि भैरहवा, बनेपा कावासोती, बेनी, दमौली, बिरौटा, इलाम, टिकापुर र चन्द्रौटामा पनि शाखा बिस्तार गरिसकेको छ । उक्त शाखा बिस्तारसँगै ५० वटा ब्रोकरमध्ये सबैभन्दा शाखा भएको ब्रोकर समेत बनेको छ ।

Comments

Back to top