नेप्से इन्ट्राडे अपडेट: सामान्य अंकको वृद्धि!
आज मंगलबार नेप्से बजार ३.६२ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८५० को नजिक आएको छ। ३.६२ अङ्कले बढेर नेप्से परिसूचक १८४७.६५ मा आएको हो। आज २ घण्टामा लगभग ३० करोड ७० लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा कालिन्चोक दर्शन लिमिटेड रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सानिमा मिडल तमोर हाईड्रोपावर लिमिटेड रहेको छ।
Comments