युनिक नेपाल लघुवित्तमा रोजगारीको अवसर

 युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । संस्थाले करारमा एकजना नायब कार्यकारी अधिकृतका लागि माग गरेको हो । उक्त पदका लागि संस्थाले मान्यता शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा स्नाकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका इच्छुक व्यक्तिले वैशाख ६ गतेसम्म केन्द्रीय कार्यालयमा वा इमेल मार्फत दरखास्त दिन सकिनेछ ।

Comments

Back to top