आशा लघुवित्तको संस्थापक शेयर बिक्रीमा
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको छ । संस्थाको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो ।
केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न चाहेकोले बिक्रीमा राखिएको संस्थाले जनाएको छ ।
हाल उक्त शेयरमा संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने संस्थाले जनाएको छ । यसका लागि ३५ दिनको समयावधि दिइएको छ । इच्छुक सेयरधनीहरुले उक्त अवधिभित्र नुवाकोटको ककनीस्थित संस्थाको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई निवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण र संस्थाका लागि बिक्री खुला गरिने संस्थाले जनाएको छ ।
Comments