साना तथा मझाैला व्यवसायलाई लक्षित गर्दै खल्तीले ल्यायो खल्ती पेमेन्ट गेटवेमा ५०% क्यासब्याककाे सुविधा

खल्तीले साना तथा मझाैला व्यवसाय भएकाहरुलाई खल्ती पेमेन्ट गेटवे मार्फत आफ्नो व्यापार डिजिटल रूपमा बढाउन मद्दत गर्नका लागि अफर ल्याएको छ। ‘स्मार्ट उद्यमी’ नामक यस अफरमा खल्ती पेमेन्ट गेटवे सेवासँग एकीकृत गरि एपीआई शुल्कमा ५०% क्यासब्याक, नि:शुल्क क्विक लिङ्क पेमेन्ट र एक वर्षको नि:शुल्क एसएमएस प्यानल प्राप्त गर्नेछन्।

खल्ती पेमेन्ट गेटवे भन्नाले खल्ती डिजिटल वालेटद्वारा प्रदान गरिएको सेवा बुझिन्छ, जहाँ व्यवसायहरूलाई आफ्ना ग्राहकहरूबाट सुरक्षित र प्रभावकारी रूपमा आफ्नै वेबसाइट र एपहरूमार्फत भुक्तानीहरू स्वीकार गर्न अनुमति दिइन्छ। खल्तीको SDK/API मार्फत, व्यवसायहरूले खल्ती वालेट, इ-बैंकिङ, मोबाइल बैंकिङ, एससीटी र भिजा वा मास्टर कार्ड, र कनेक्ट आईपीएस जस्ता विभिन्न माध्यमहरूबाट भुक्तानीहरू स्वीकार गर्न सक्छन्। यसबाहेक, खल्तीले ३१ लाख प्रयोगकर्ताहरूलाई सेवाहरू उपलब्ध गराउँदै आएको छ, जसको कारण यति ठुलो संख्याका प्रयोगकर्ताहरु समक्ष नयाँ दर्ता हुने व्यवसायको डिजिटल माध्यामबाट सोझै प्रवर्द्धन हुन सक्नेछ।

खल्तीको 'स्मार्ट उद्यमी' अफरहरू यस प्रकार छन् :
● व्यवसायहरूको पेमेन्ट गेटवे API शुल्कमा ५०% क्यासब्याक (अर्थात १० हजार )प्राप्त हुने
● एक वर्षको लागि निःशुल्क एसएमएस प्यानल
● लेनदेन शुल्कमा ३३ % छुट
● क्विक लिङ्क (Quick Link) भुक्तानीको पहिलो वर्षको वार्षिक शुल्कमा १००% छुट
● कर्पोरेट बिलहरुका लागि उद्यम खाता (इन्टरप्राइस खाता)

Comments

Back to top