हिमालय उर्जाको हकप्रद प्रस्तावमा संशोधन, १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने
हिमालय उर्जा विकास कम्पनी लिमिटेडले यसअघि २०० प्रतिशत हकप्रद शेयर निष्काशन प्रस्ताव गरेकोमा त्यसलाई संशोधन गर्दै १०० प्रतिशत (१:१) हकप्रद शेयर जारी गर्ने निर्णय लिएको छ।
हिमालय उर्जा विकासले हाल कायम चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद शेयर प्रस्ताव सहित विद्युत नियमन आयोगमा स्वीकृतीको लागि पेश गरेको तर आयोगले १०० प्रतिशत हकप्रद शेयर मात्र जारी गर्न सहमती दिएकोले कम्पनीको चैत्र २६ गते बसेको संचालक समितिको बैठकले यसअघिको प्रस्तावलाई संशोधन गरेको हो।
Comments