नेप्सेमा सुचिकृत केहि सस्ता र राम्रा कम्पनि कुन कुन ? भाग २
होटेल उपसमुह अन्तर्गत सबै भन्दा राम्रो स्टक सोल्टी होटेल लिमिटेड (SHL) रहेको छ। चैत्र २७ को दिन २३२.५ रुपियामा कारोबार भइ रहेको यस कम्पनिको बुक भ्यालु २२.३९ (फेस भ्यालु रु १०) रहेको छ। यस कम्पनीको वार्षिक वृद्धिदर ४१२ प्रतिशत रहेको छ भने त्रैमासिक वृद्धिदर १२.२४ प्रतिशत रहेको छ। कोभिडको समयमा व्यापार ठप्प भएर प्रतिशेयर आम्दानी संकुचित भएको यस कम्पनीले राम्रो रेकभारी गरिरहेको देखिन्छ। मूल्य आम्दानी अनुपात ४० रहे पनि व्यवसायमा विद्धि कायम गरिरहे आम्दानीले बजारको प्रति कित्ता मूल्यलाई न्यायोचित गर्ने छ। यस कम्पनीको नेट प्रोफिट मार्जिन २६ प्रतिशत रहेको छ जुन निकै राम्रो हो। रिटर्न अन इक्युटि २९ रहेको यस कम्पनीको यस आर्थिक वर्षमा अघिल्लो आर्थिक बर्षको तुलनामा अपरेटिङ्ग प्रोफिटमा ४८० प्रतिशतको विद्धि भएको देखिन्छ। रिटर्न अन एसेट यस कम्पनिको २०.८ रहेको छ जुन यस सेक्टरमा रहेका कम्पनीहरु मध्ये कै उच्च हो।
Comments