ग्रीन डेभलपमेण्ट बैंकको ३.८० प्रतिशत बोनस शेयर प्रस्ताव
ग्रीन डेभलपमेण्ट बैंक लिमिटेड (GRDBL) ले आर्थिक बर्ष २०७८/७९ सम्मको वितरणयोग्य संचित मुनाफाबाट शेयरधनीहरुलाई ३.८० प्रतिशत बोनस शेयर दिने प्रस्ताव अघि सारेको छ।
बैंकको चैत्र २६ गते आईतवार दिनको ३:०० बजे बसेको संचालक समितिको १९१औ बैठकबाट आ.व. २०७८/७९ सम्मको वितरणयोग्य संचित मुनाफाबाट बैंकको चुक्ता पुँजी रु ५१,९०,००,००० (अक्षेरुपी एकाउन्न करोड नब्बे लाख रुपैया मात्र) को ३.८० प्रतिशतले हुन आउने रकम रु.१,९७,२२,००० (अक्षरुपी एक करोड सन्तानब्बे लाख बाईस हजार रुपैया मात्र) बोनस शेयर र सोही मुनाफाबाट कर प्रयोजनका लागि ०.२० प्रतिशतले हुन आउने रु.१०,३८,००० (अक्षरुपी दश लाख अठतीस हजार रुपैया मात्र) नगद लाभांश समेत गरि कुल ४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृती र बैंकको साधारण सभावाट पारित भए पश्चात् वितरण गरिनेछ।
Comments