नेप्से इन्ट्राडे अपडेट: केही अंकको वृद्धि !

आज सोमबार नेप्से बजार ६.४७ अंकले बढेको  छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८४० को नजिक आएको छ। ६.४७ अङ्कले  बढेर नेप्से परिसूचक १८४४.९५ मा आएको हो। आज २ घण्टामा लगभग ४५ करोड १५  लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी  हो।

यस्तै, आजको टप गेनरमा सानिमा मिडल तमोर हाईड्रोपावर लिमिटेड  रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा ग्लोबल आइएमइ लघुवित्त  रहेको छ। 

Comments

Back to top