रोयल इन्फिल्डपछि भेस्पा र अप्रिलिया पनि दुगड ग्रुपबाट खोसियो
रोयल इन्फिल्ड ब्रान्ड खोसिएको एक बर्षपछि दुगड समुहले भेस्पा र अप्रिलिया स्कुटर ब्रान्ड पनि गुमाएको छ । दुगड समुह अन्तर्गतको विवेक अटोमोबाइलस्ले नेपालमा बिक्री वितरण गर्दै आएको भेस्पा र अप्रिलिया अब भिमसरीया समुहको हातमा पुगेको हो ।
यस अघि रोयल इन्फिल्ड त्रिवेणी समुहले खोसेको थियो । पछिल्लो समय नेपाली बजारमा भेस्पा तथा अप्रिलियाको बजार खस्किदै गएको थियो ।
एक अटो ब्यवसायीका अनुसार तार्गेट अनुसारको स्कुटर बिक्री गर्न नसकेपछि दुगड समुहबाट उक्त ब्रान्ड खोसिएको हो । ‘यी स्कुटरको पछिल्लो समय बजार खस्किदै गएको थियो’ एक व्यवसायीले मेरोलगानीसँग भने ‘दुगड समुहले बिक्री गर्न नसकेपछि अर्कौ समुहको हातमा पुग्यो।’
यो सँगै दुगड समुहबाट महिन्द्रा, रोयल इन्फिल्ड, भेस्पा, अप्रिलिया ब्रान्ड खोसिएको छ । यसअघि दुगड समुहले नेपालमै भेस्पा र अप्रिलियाको एसेम्बल उत्पादन गर्ने बताएको थियो ।
Comments