सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को इकाईमा आवेदन दिन सकिने

सिद्धार्थ सामुहिक लगानी कोष अन्तर्गतको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ मा आज २०७९ साल चैत्र २६ गतेबाट आवेदन दिन सकिने भएको छ।

यस योजनाको प्रति इकाई अंकित मूल्य रु.१०/- दरको १२,००,००,००० (बाह्र करोड) इकाई मध्ये न्यूनतम १,८०,००,००० (एक करोड असी लाख) इकाई वा कुल बिक्री भएको इकाई संख्याको १० (दश) प्रतिशत अर्थात १२,००,००,०००/- (अक्षेरेपी बाह्र करोड मात्र) रकम बराबरको प्रति इकाई अंकित मूल्य रु.१०/- दरले १,२०,००,००० (एक करोड बीस लाख) इकाई कोष प्रवर्द्धक कम्पनी सिद्धार्थ बैंक लिमिटेड तया ५ (पाँच) प्रतिशत अर्थात रु.६,००,००,०००/- (अक्षेरेपी छ करोड मात्र) रकम बराबरको प्रति इकाई अंकित मूल्य रु.१०/- दरले ६०,००,००० (साठ्ठी लाख) इकाई कोष व्यवस्थापक कम्पनी सिद्धार्थ क्यापिटल लिमिटेडका लागि सुरक्षित राखि बाँकी न्यूनतम १०,२०,००,००० (दश करोड बीस लाख) इकाई स्वीकृत विवरण पुस्तिकाको शर्त अनुसार सार्वजनिक रूपमा बिक्रीका लागि खुल्ला गरिएको छ।

यस म्युचुअल फण्डमा न्युनतम १०० इकाई देखी अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ। इकाईको निष्काशन छिटोमा २०७९ साल चैत्र २९ गतेसम्म खुल्ला रहनेछ भने माग बमोजिम आवेदन नआएमा निष्काशन २०८० साल बैशाख १० गतेसम्म लम्बिने छ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को इकाईमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ।

Comments

Back to top