नेप्सेमा सुचिकृत केहि सस्ता र राम्रा कम्पनि कुन कुन ? भाग १

घटिसकेको बजारमा राम्रो कम्पनिमा लगानी गर्दा छोटो समय पछि नै उच्च प्रतिफल हासिल गर्न सकिन्छ।  बजार १८३०को हाराहारीमा आइपुग्दा केहि राम्रा कम्पनीहरु पनि निकै सस्तो भाउमा आइ पुगिसकेका छन्। 

कमर्सियल बैंक अन्तर्गत लक्ष्मी बैंक लिमिटेड (LBL) अहिले निकै आकर्षक देखिन थालेको छ।  आजको दिन चैत्र २६ गते १७५ रुपियामा कारोबार भइ रहेको यस शेयरको बुक भ्यालु १५६.७४ रहेको छ।  मूल्य आम्दानी अनुपात १०.९ रहेको यस बैंकको रिटर्न अन इक्युईटि ११ प्रतिशत रहेको छ।  यर अन यर ग्रोव्थ (वार्षिक वृद्धिदर) यस कम्पनिको ३१.७७ रहेको छ भने त्रैमासिक वृद्धिदर ६.९ रहेको छ।  यस कम्पनी ग्राम नम्बरबाट २६ प्रतिशत डिसकाउण्ट मूल्यमा कारोबार भइरहेको छ। 

त्यसै गरि विकास बैंक अन्तर्गत उच्च संभवाना भएको सस्तो कम्पनि कामना सेवा विकास बैंक(KSBBL) हो।  २९१ रुपियामा कारोबार भइ रहेको यस कम्पनिको बुक भ्यालु १५१.२१ रहेको छ।  यस आर्थिक वर्षसम्म आइपुग्दा यस बैंकले अन्य बिएफआइहरुलाई दिइने ऋण १७१ प्रतिशतले बढेको छ भने त्रैमासिक वृद्धिदर यस कम्पनिको १३५ रहेको छ।  कम प्रतिफल दिएको कारणले लगानीकर्ताबाट सेलिङ्ग प्रेसर देखिरहेको यस कम्पनिको नेट प्रफितको मार्जिन ३० प्रतिशत रहेको छ जुन निकै राम्रो हो र आगामी दिनमा राम्रो प्रतिफल दिन सक्ने संकेत हो।  डिभिडेण्ड यिल्ड ६.६८ रहेको यस कम्पनि ग्राम नम्बरबाट २७ प्रतिशत मात्र बढी मूल्यमा  रहेको छ। 

फ़ाइन्यन्स उपसमुह अन्तर्गत उत्कृष्ट स्टक गोर्खस फ़ाइन्यन्स लिमिटेड(GUFL) रहेको छ।  सेक्टरकै उच्च रिटर्न अन इक्युईटि ९ रहेको यस कम्पनी, ४८० रुपियामा कारोबार भइरहेको छ।  यस उपसमुहमा कारोबार हुने कम्पनिहरु मध्ये यस कम्पनीको बुक भ्यालु सबै भन्दा उच्च रहेको छ जुन १८९.८९ हो। वार्षिक वृद्धिदर २४५ प्रतिशत रहेको यस कम्पनिको मूल्य आम्दानी अनुपात २९मात्र रहेको छ जुन सेक्टेरल एभेरेज भन्दा निकै कम हो। 

Comments

Back to top