फोर्ब्सले जारी गर्यो विश्वका धनाढ्यहरुको सूची, घट्यो शीर्ष २५ धनाढ्यहरुको कुल नेटवर्थ

फोर्ब्सले विश्वका अर्बपतिहरूको ३७ औं वार्षिक सूची जारी गरेको छ। सूची अनुसार विश्वका सर्वाधिक धनी व्यक्ति बर्नार्ड अर्नाल्ट रहेका छन्। त्यसैगरी, दोस्रोमा एलन मस्क र तेस्रोमा जेफ बेजोस छन्।

यस सूचीमा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानी लगातार दोस्रो वर्ष टप १० मा परेका छन्। उनी २०२३ मा ८३.४ बिलियनको नेटवर्थसहित ९ औं स्थानमा छन्, जबकि २०२२ मा ९०.७ बिलियन नेटवर्थसहित १० औं स्थानमा थिए।

मुकेश एशियाकै धनी व्यक्ति हुन्। यस वर्षको सूचीमा मुकेश अम्बानी माइक्रोसफ्टका स्टिभ बाल्मर, गुगलका ल्यारी पेज र सर्गेई ब्रिन, फेसबुकका मार्क जुकरबर्ग र डेल टेक्नोलोजीका माइकल डेलभन्दा माथि छन्।

यो सूचीमा अडानी समूहका अध्यक्ष गौतम अडानी २४ औं स्थानमा छन्। २४ जनवरीसम्ममा अडानी संसारको तेस्रो धनी व्यक्ति थिए। त्यतिखेर उनको कुल सम्पत्ति लगभग १२६ बिलियन डलर थियो। अमेरिकी शर्ट सेलर हिन्डनबर्ग रिसर्चले जारी गरेको प्रतिवेदनपछि उनीको कम्पनीको शेयर घटेको हो। उनको कुल सम्पत्ति अहिले ४७.२ बिलियन डलर छ र उनी अम्बानीपछि दोस्रो धनी भारतीय हुन्।

व्यक्तिहरू

  • बर्नार्ड अर्नाल्ट (फ्रान्स) – २११ बिलियन डलर
  • एलोन मस्क (अमेरिका) – १८० बिलियन डलर
  • जेफ बेजोस (अमेरिका) – ११४ बिलियन डलर
  • ल्यारी एलिसन (अमेरिका) – १०७ बिलियन डलर
  • वारेन बफेट (अमेरिका) –१०६ बिलियन डलर
  • बिल गेट्स (अमेरिका) – १०४ बिलियन डलर
  • माइकल ब्लूमबर्ग (अमेरिका) – ९४.५ बिलियन डलर
  • कार्लोस स्लिम हेलु (मेक्सिको) – ९३ बिलियन डलर
  • मुकेश अम्बानी (भारत) – ८३.४ बिलियन डलर
  • स्टीव बाल्मर (अमेरिका) – ८०.७ बिलियन डलर

Comments

Back to top