सानिमा जिआईसीको शेयर संरचना परिमार्जन हुने!

सानिमा जिआईसी इन्स्योरेन्सको शेयर संरचना परिमार्जन हुने भएको छ । कम्पनीले संस्थापक समुहको शेयर सर्वसाधारण समुहमा परिमार्जन गर्ने भएको हो ।

बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिकामा संस्थापक शेयर स्वामित्व न्युनतम ५१ प्रतिशत हुने गरी बाँकि शेयर सर्वसाधारणमा परिणत गर्न सकिने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार कम्पनीले संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्ने भएको हो ।

हाल कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ ।

कम्पनीले शेयर स्वामित्व परिमार्जन गर्ने प्रस्ताव असोज ११ गते सम्मपन्न विशेष साधारण सभाले पारित गरी कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समेत संशोधन अभिलेख भैसकेको र नेपाल बीमा प्राधिकरणबाट समेत सैद्धान्तिक सहमति प्राप्त भएको जनाएको छ ।

कोही संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर सर्वसाधारण समुहमा परिवर्तन नगर्ने भए सोहि अनुसारको निवेदन सात दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय वा सानिमा क्यापिटलको कार्यालयमा उपलब्ध गराउने आग्रह गरेको छ ।

Comments

Back to top