मेन्छियाम हाईड्रोपावरले बैशाख ४ गतेबाट सर्वसाधारणलाई आइपिओ निष्काशन गर्दै

मेन्छियाम हाईड्रोपावर लिमिटेडले २०८० साल बैशाख ४ गतेबाट सर्वसाधारणलाई आइपिओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ। 

कम्पनीले आफ्नो जारी पूँजी रु.५४,२५,८३,३००/- को ३०% अर्थात् रु.१६,२७,७५,०००/- रकम बराबरको रु. १०० अंकित दरको १६,२७,७५० कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गरेको छ। जसमध्ये जारी पूँजीको १०% अर्थात रु.५,४२,५८,३००/- रकम बराबरको रु. १०० अंकित दरको ५,४२,५८३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि निष्काशन गरी रितपुर्वक शेयर खरिद आवेदन प्राप्त ५,०५, ७८० कित्ता साधारण शेयर सम्बन्धित आवेदनलाई बाँडफाँड गरिएको र जारी पूँजीको २०% अर्थात रु.१०,८५,१६,७००/- रकम बराबरको रु.१०० अंकित दरका १०,८५,१६७ कित्ता शेयर मध्ये १,०८,५१७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई निष्काशन गरिएको शेयर समेत बाँडफाँड पश्चात २२,४३९ कित्ता कर्मचारीहरुलाई (२%) र ५६,०९९ कित्ता (५%) सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ९.३४,९१५ कित्ता साधारण शेयरहरु सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्न लागिएको हो।

हाईड्रोपावरको आइपिओ निष्काशन बैशाख ७ गतेसम्म खुल्ला रहनेछ भने माग बमोजिम आवेदन नआएमा निष्काशन बैशाख १९ गतेसम्म लम्बिने छ।

Comments

Back to top