प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेज बीच समझदारी पत्रमा हस्ताक्षर
प्रभु क्यापिटल लिमिटेड र सेन्ट जेभियर्स कलेज बीच चैत्र २२ गते सेन्ट जेभियर्स कलेजमा एक कार्यक्रम बिच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
सेन्ट जेभियर्स कलेजका व्यवस्थापन विभागको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापन सहित पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्रमा सम्झौता भएको हो।
कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री आशिष गौचन र सेन्ट जेभियर्स कलेजका प्राध्यापक फादर. डा. अगस्टिन थोमस एस. जे. बाट हस्ताक्षर भएको छ।
उक्त कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख लगानी अधिकृत श्री दुर्गा नन्द झा र श्री श्रीया कुटु तथा सेन्ट जेभियर्स कलेजको तर्फबाट उप–प्राध्यापक श्री सलुजा चन्द तथा व्यवस्थापन विभाग प्रमुख श्री मह प्रसाद श्रेष्ठको उपस्थिती रहेको थियो।
सम्झौता अनुसार प्रभु क्यापिटल लिमिटेडले कलेजका विद्यार्थीहरु, कर्मचारीहरुलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीहरुको आवश्यकता बमोजिम पूँजी बजार सम्बन्धी सामान्य, आधारभुत, तथा प्राविधीक विश्लेषण सम्बन्धी ज्ञान प्रदान गर्ने रहेको छ।
Comments