१८९० र १८५०को बीचमा खेल्दै छ बजार, ब्रेकआउट कता आउला ?

चालु सातामा सेयर बजार चार दिन ओरालो लागेको र एक दिन बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको थियो । उक्त दिन नेप्से परिसूचक २० अंकले घटेको थियो । 
यसैगरी, सेयर बजार सोमबार पनि घटेको हो । सोमबार नेप्से परिसूचक १६.६७ अंकले ओरालो लागि १८७१.८८ विन्दुमा अडिएको थियो । सोही दिन कारोबार रकम पनि घटेको थियो । आइतबार १ अर्बभन्दा बढी रुपैयाँको कारोबार भएको सेयर बजार सोमबार घटेर ९२ करोड रुपैयाँको कारोबार गरेको थियो ।  साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार घट्ने क्रमले निरन्तरता पायो । मंगलबार नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ को बिन्दुमा आएर रोकिएको थियो । उक्त दिन पनि कारोबार रकममा खासै परिवर्तन भने आएन । मंगलबार ९१ करोड ७६ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो । यता बुधबार भने सेयर बजारमा केही राहत मिलेको थियो । बुधबार नेप्से परिसूचक ८.३९ अंकले उकालो लागेको थियो । तर, त्यसदिन सेयर बजार बढे पनि कारोबार रकम भने घटेको थियो । बुधबार ८१ करोड ६० लाख रुपैयाँ भन्दाबढी रकमको कारोबार भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक ८.२८ अंकले ओरालो लागेको हो । कारोबार रकममा भने बिहीबार केहीहदसम्म रात मिलेको हो । यसदिन ९२ करोड भन्दाबढी रकमको सेयर कारोबार भएको भएको हो । 
संग्रहमा बजार केहि दिन देखि साइड वेज रहेको देखिन्छ।  बजारले तल वा माथि जता पनि ब्रेक आउट दिन सक्ने सम्भावना रहेको छ।  बजारले तल ब्रेक आउट दिए अबको सपोर्ट १८०० सम्म हुन जाने छ।  आजको कारोबार समयको अन्तिम घण्टामा आएको भोल्युम सहितले बिक्रि चापले बजारले फेरी १८००-१८१० टेस्ट गर्न जाने सम्भावना बढी रहेको देखाउछ।  

Comments

Back to top