नेप्से इन्ट्राडे अपडेट: गिरावट कायमै !

आज बिहीबार नेप्से बजार  ०.४७ अंकले  घटेको  छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८७०  को नजिक आएको छ।  ०.४७ अङ्कले  घटेर नेप्से परिसूचक १८७४.६० मा आएको हो। आज २ घण्टामा लगभग २५  करोड ४१  लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम  हो।

यस्तै, आजको टप गेनरमा  कालिन्चोक दर्शन लिमिटेड   रहेको छ जसको ९.९८% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा  आदर्श लघुवित्त  रहेको छ। 

Comments

Back to top