नेशनल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर
नेशनल लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले मार्केटिङ म्यानेजर, मार्केटिङ अफिसर, चार्टर्ड एकाउन्टेन्टका लागि अफिसर लेभलमा केही, असिस्टेन्ट जनरल म्यानेजर, डेपुटी जनरल म्यानेजर र डेपुटी चिफ एक्जुकेटिभ अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
उक्त पदमा आवेदन दिनका लागि बाणिज्य विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने जनाएको छ । पाँच वर्ष बीमा क्षेत्रमा काम गरेका अनुभवीहरुले आवेदन दिनसक्ने कम्पनीले जनाएको छ
त्यस्तै, कम्पनीले मार्केटिङ पदमा आवेदन दिँदा स्नातक वा १२ कक्षा उत्तिर्ण भई अनुभव भएको हुनुपर्ने जनाएको छ ।कम्पनीले आफ्नो उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले कम्पनीको इमेल मार्फत सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने जनाएको छ ।
Comments